चितवनमा मन्दिर खन्ने क्रममा दुईवटा ग्रिनेट बम फेला

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् । ती बम डिस्पोज (निष्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए । सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए । रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय