चितवनबाट फरार बन्दी झापामा पक्राउ
झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।
पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ । रासस
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२ ०९:२७
प्रतिक्रिया दिनुहोस्



