गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
पाेखरा । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ २१:१२
प्रतिक्रिया दिनुहोस्




