Khabar Out
गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी । आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः ०० देखि ११ः ०० बजेसम्म र दिउँसो १२ः ०० देखि अपराह्न ५ः ३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन । 

यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।  उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए ।  रासस 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update