Khabar Out
नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा कार्की नियुक्त

 

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । कार्तिक २७ गतेदेखि लागु हुने गरी कार्कीले प्रहरी महानिरीक्षकको पद समाल्ने गरी नियुक्त गरिएको हो ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङले प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण यहि कार्तिक २६ गते मध्यरातबाट अनिवार्य अवकाश पाउने हुदा खापुङको अवकाशसँगै रिक्त हुने पदमा सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

नवनियुक्त कार्की नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक हुन् । अहिले कै प्रहरी नियमावली रहिरहे १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update