Khabar Out
पूर्वमन्त्री तथा कांग्रेस नेता आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा राखेर उपचार भइरहेको थियो ।

मिर्गौला फेल भएपछि डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति बम विष्फोट भएको घटनाका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको उनीमाथि आरोप लागेको थियो । 

सोही मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालत वीरगन्जले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए ।  

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update