 
                                                                    काठमाडौं । विगत दुई दशकदेखि छापा मिडिया नेपाल टुडे मासिक, अर्थ टुडे साप्ताहिक, स्टार टुडे मासिक सञ्चालन गर्दै आएको टुडे मिडिया ग्रुपले प्रविधिको विकाससगै डिजिटल सञ्चारमाध्यमको पनि आरम्भ गरेको छ । ५ वर्ष अगाडी नै सञ्चालन ल्याएको खबर आउट डटकम केहि वर्ष अलिबाबाले हाइजेक गरेपनि अन्ततः टुडे मिडिया ग्रुपले हात पारेको छ । पाँच वर्षअघि कमलादीबाट सञ्चालनमा ल्याएको खबर आउट यतिबेला बालुवाटारबाट सञ्चालन हुनेछ । सोहि अनलाईनको पून आज एक कार्यक्रम आयोजना गरी शुभारम्भ गरिएको छ ।
बरिष्ठ अधिवक्ता विष्णु लुईटेल, वरिष्ठ फोटो पत्रकार हरि श्रेष्ठ, अधिवक्ता टंक भट्टराई , टुडे मिडिया ग्रुपमा अध्यक्ष राधाकृण कटवाल, तीब्र खबरका अध्यक्ष मनोज खतिवडा, कलाकार कमल खड्का, अधिवक्ता भुवनप्रसाद वाग्ले, अधिवक्ता जगदेव चौधरी, अधिवक्ता शुसिला रोकाय, समाजसेवी गुणराम प्रजापती, व्यवसायी तथा समाजसेवी प्रिजन भट्टचन, राजु सुवेदी, अजिजमुल्ला मिया र अग्रज कटवाल लगायतको उपस्थिति रहेको सो कार्यक्रममा बरिष्ठ अधिवक्ता लुईटेलले लोकतन्त्र, शुसासन र जवाफदेहिताको पहरेदार राष्ट्रको सञ्चार खबर आउटको उत्तर उत्तर प्रगतिको कामनासगै देश र जनताको पक्षमा कलम चलाउनु पर्ने भनाई राखेका थिए । अधिवक्ता भटट्राई, बरिष्ठ फोटो पत्रकार श्रेष्ठ र समाजसेवी प्रजापतीले शुभकामना सहितको भनाई राखेका थिए । त्यसैगरी खबर आउटका प्रधानसम्पादक समेत रहेका राधाकृष्ण कटवालले लोकतन्त्र, सुशासनसगै जवाफदेहितामा मूख्य जोड दिने वताए ।



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                     
                    