Khabar Out
महोत्तरीको गौशाला बजारमा युवकको शव फेला

महोत्तरी । जिल्लाको गौशाला बजारमा एक युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज एकाबिहानै एक २५ वर्षीय युवकको शव फेला परेको हो ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ ।  स्थानीयको भनाइअनुसार मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए।

उनी केही समयदेखि बिरामी रहेको र सोही क्रममा गएराति उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update