Khabar Out
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद

काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गरिएको औषधि बरामद गरेको छ ।

काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले मात्र बिक्री गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गरेको पाइएको छ । औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update