Khabar Out
सङ्खुवासभामा जुवातास खेलिरहेका ७ जना पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनी सहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट नगद रु एक लाख ७२ हजार ९३५ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । प्रहरीले १६ वटा कौडा र चार बुङ (थान) ताससमेत बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले पटकासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटक जन्यवस्तु बिक्री वितरण गरेको आरोपमा सदरमुका खाँदबारीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका उपमहानगरपालिका–१० घर भई खाँदबारी –१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोही गाउँपालिका–३ घर भई हाल खाँदबारी–१ बस्ने ४८ वर्षीय जमाल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मैनालीले बताए । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update