बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो ।
पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए ।
सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर पन्छाएपछि सहज रूपमा यातायात सञ्चालनमा आएको उनले जानकारी दिए । सडक सञ्चालमा आएसँगै हिमपातपछि तुम्लिङमा रोकिएका चालिस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् ।
हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्येधिक बढ्दै गएको छ । यहाँको तापक्रम बिहान बेलुका माइनसमा हुने गरेको छ ।रासस
प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२ १५:४३
प्रतिक्रिया दिनुहोस्