Khabar Out
धान खेतमा एक नवजात शिशु जीवितै फेला

काठमाडौँ । यहाँको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो ।

जिउमा हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा रहेको शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको छ भने शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update