Khabar Out
लमजुङमा अरिङ्गालले टोकेर एक वृद्धको मृत्यु

लमजुङ । यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गए राति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए । 

उनले भने- ‘बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गालले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।’

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शव परीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए । रासस

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update