सुनसरीमा दुई दिनदेखि वृद्धा बेपत्ता
सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन् । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।
दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ । बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताए । रासस
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ १६:०१
प्रतिक्रिया दिनुहोस्


