Khabar Out
फिस्लिङको पहिरोले मुग्लिङ–नागढुङ्गा सडक बन्द

चितवन । इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा सडक दुईतर्फी बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो ।

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । 

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update