Khabar Out
दसैँ टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै

काठमाडौं । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।

टाढा रहेका आफन्त तथा मान्यजन कहाँ पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । 

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादसैँ समाप्त हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update