Khabar Out
जेनजी आन्दोलनः  मधेसका २९७ कार्यालयमा क्षति

जनकपुरधाम । जेनजीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ । 

क्षतिग्रस्त सबै कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आएका छन्भने आन्दोलनबाट विस्थापित प्रहरी पनि काममा फर्किएका छन् ।  मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले  रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बरावरका सवारी साधन जलाएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update