Khabar Out
क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले

काठमाडौं। क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले राष्ट्रपति ट्रम्प प्रशासनमाथि मुद्धा हालेका छन् । 

गभर्नर नुसमले आफ्नो अनुमति बिना लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेको बताएका हुन्। 

subisu

उनले यसअघि नै गार्ड तैनाथीको विषयलाई लिएर असंवैधानिक कदम भन्दै यसको विरुद्ध कदम चाल्ने बताएका थिए । शनिबार, क्यालिफोर्नियामा मानिसहरू अध्यागमन र भन्सार प्रवर्तनको कारबाहीको विरोधमा सडकमा उत्रिएका थिए।

गभर्नर गेभिन नुसेमको आपत्तिका बाबजुद ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना तैनाथ गरेका थिए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update