Khabar Out
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

त्यसक्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए । राष्ट्रपति पौडेलको पुर्ख्यौली थलो रिस्ती हो।

राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update