Khabar Out
अमेरिकामा टिकटक बन्द
subisu

अमेरिकामा टिकटक बन्द भएको छ। अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन्। गुगल र एप्पल दुवै एपस्टोरहरूबाट पनि टिकटक गायब भएको छ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको दिएको थियो। तर, टिकटकले अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने टिकटकमाथि लगाइएको प्रतिबन्ध ९० दिनसम्म छुट दिन सकिने बताएका छन्।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update