Khabar Out
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु ) कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ ।

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण भएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update