Khabar Out
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।

सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update