Khabar Out
किमद्वारा नौसैनिक अड्डाको निरीक्षण

काठमाडाैँ। उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गर्दै त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना बताएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले अड्डा निर्माणलाई गति दिन र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्न निर्देशन दिए। अड्डाको वास्तविक स्थान र आकार भने सार्वजनिक गरिएको छैन।

उत्तर कोरियाले नौसैनिक क्षमता विस्तार गरिरहेका बेला किमले आफ्नो नौसैनिक बेडालाई आणविक हतियारले सुसज्जित गर्ने र १० हजार टन क्षमताको युद्धपोत निर्माण गर्ने योजना अघि सार्नुभएको छ । उसले पाँच हजार टनका विध्वंसक युद्धपोत तथा जहाजबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।

गत सोमबार उत्तर कोरियाले नयाँ उच्च गतिको टारपेडो प्रणाली परीक्षण गरेको थियो। उक्त प्रणाली सन् २०२७ को सुरुतिर नौसेनामा समावेश गर्ने अपेक्षा गरिएको छ। गत वर्ष सार्वजनिक गरिएको पाँच हजार टन क्षमताको विध्वंसक युद्धपोतमा सतह र हावामा प्रहार गर्न सकिने क्षेप्यास्त्र राख्न सकिने विशेषज्ञहरूको आकलन छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update