Khabar Out
दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

वीरगञ्ज । नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ ।

इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ ।

घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहने छ । दसैँमा हुने सार्वजनिक बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी काम कारबाही सञ्चालन हुने इजलासका प्रवक्ता ध्रुवप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले घटस्थापना, विजयादशमी र शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुने पनि बताए । रासस 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update