कांग्रेस १५ औं महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।
खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ भने बागमती प्रदेशका प्रतिनिधिहरूका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मत खसाल्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ ०९:५३
प्रतिक्रिया दिनुहोस्







