Khabar Out
दाङमा यात्रु सहायता कक्ष

दाङ । चाडपर्वमा सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले संयुक्त रूपमा घोराही, तुलसीपुर, लमही, भालुवाङ, अमेलिया, हापुरे, कोइलाबासलगायत स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठका अनुसार चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्न तथा आवश्यक सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।

दसैँ, तिहार र छठ पर्वको अवधिभर यात्रु सहायता कक्षमा सुरक्षाकर्मी नियमित रूपमा खटिने छन् । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यात्रुका समस्या हल गर्न प्रहरीले सहजीकरण गर्ने उनको भनाइ थियो ।

घोराहीको बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गर्दै दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले यात्रु सहायता कक्षले नागरिकलाई सहज र सुरक्षित यात्रा गर्न सहयोग गर्ने बताए । उनले बसपार्कमा भिडभाड हुने समयमा हुनसक्ने चोरी तथा अवाञ्छित क्रियाकलाप रोक्न यातायात व्यवसायी र सुरक्षाकर्मीलाई आग्रह गरे । रासस

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update