Khabar Out
आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला सङ्कटमा परेका छन्।

गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरु सङ्कटमा परेका हुन् । बाढीले बाटो र पुल बगाएपछि झण्डै डेढ महिनादेखि नाकाबन्दी जस्तै अवस्था भोगिरहेका वडा नं १ देखि ५ सम्मका किसानले बन्दाकोपी र आलु बजार बिक्री गर्न नपाएका कारण मर्कामा परेका हुन् ।

खेतबारीमै तरकारी कुहिएर जाने अवस्था आएपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय युवा र जनप्रतिनिधि पुल निर्माण गर्न अग्रसर भएका छन् । स्याफ्रुबेँसीस्थित खोलामा पुल बनाउन स्थानीयकै सक्रियता र श्रमदानबाट काठेपुल निर्माण अघि बढेको छ ।

आमाछोदिङमो गाउँपालिका–५ का अध्यक्ष रामबहादुर, वडा नं ४ का अध्यक्ष धर्म तामाङ र वडा सचिव छेवाङको अगुवाइमा स्थानीय बुद्धिजीवी, समाजसेवी र युवाको टोलीले पुल निर्माणलाई गति दिइरहेका हुन् । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update