Khabar Out
फार्मेसी र नर्सिङ परिषद्‌मा नयाँ सदस्य नियुक्त

काठमाडौँ । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्‌मा नयाँ सदस्य थपिएका छन् । नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नीरज बर्तौला नियुक्त भएको स्वास्थ्य तथा खाद्य सच्छता मन्त्रालयले जनाएको छ ।

नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता समक्ष नवनियुक्त सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएको मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update