Khabar Out
ब्युटिसियन स्टुडियो र प्रभु बैंकबीच विशेष छुटको सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio_ र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा -Hair cutting,Threading, Beauty related classes Hairchemical, Facial&SkinTreatment, Nail/Manicure/Pedicure/WaxingMake up & Make up package and cosmetic/Skin care Product_ विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच रुस्काज् ब्युटि स्टुडियो (Rushka’s Beauty Studio) का तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ  र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी (CPO) बागमती प्रदेश (३) प्रचिता श्रेष्ठले समझदारी ज्ञापनपत्र -MOU) मा हस्ताक्षर  गरेका हुन् । समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियो ( Rushka’s Beauty Studio) का तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठ  को समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियो ( Rushka’s Beauty Studio) मा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई %% देखि २०% सम्म र कर्मचारीहरुलाई %% देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update