Khabar Out
तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

भक्तपुर । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताएका छन् ।

बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताए । उनले भने, 'प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु. करोड निकासा गर्नेछौँ ।' रासस

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update