भोटेकोशी बाढीपीडितलाई टर्कीको टिका र मानव विकास नेपालको राहत
काठमाडौँ । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई टर्कीको टिका नामक संस्था र नेपालको तर्फबाट मानव विकास नेपालले राहत सामग्री वितरण गरेको छ ।
संस्थाले करिब ८०० परिवारलाई पुग्ने १५ गाडी राहत सामग्री वितरण गरिएको जनाएको छ । राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक सामग्री समावेश रहेको मानव विकास नेपालका अध्यक्ष अरमान हासिलले बताए ।
सामाखुसीस्थित राधास्वामी सत्संग व्यास नेपालमा नेपाल प्रहरीलगायत सरकारी निकायका प्रतिनिधिको रोहबरमा राहत सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको जनाइएको छ।
मानव विकास नेपाल संस्था सन २०२० मा स्थापना भई सामाजिक कार्यमा काम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ १०:२८
प्रतिक्रिया दिनुहोस्






