पहिरा खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
रोल्पा । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध बनेको छ ।
रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् । रासस
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ ०९:२३
प्रतिक्रिया दिनुहोस्






