लागुऔषधसहित सुर्खेतमा चार पक्राउ
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलिग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनीहरूलाई बिहीबार साँझ वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बाकुना चेकपोस्टबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए ।
उनीहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ ०९:४३
प्रतिक्रिया दिनुहोस्






