Khabar Out
बाढीपीडितलाई होटल मेची क्राउनद्वारा २६ लाख सहयोग

झापा । मेचीनगर–८ स्थित होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु २६ लाख सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन अनुरोध गर्दै होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री गणेश पौडेललाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update