Khabar Out
नेलम्बोद्वारा पाँच लाख ५५ हजार सहयोग

कास्की । पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील सामाजिक संस्था नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावितका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गरेको छ ।

विनासकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।

उनका अनुसार संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको राहत कोषसँग हातेमालो गर्ने निर्णयबमोजिम उक्त रकम सहयोग गरेको हो । “हालै रसुवालगायत देशका विभिन्न स्थानमा भएको प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भएको छ ।”

नेलम्बोले विपत्तिबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै सबैलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ । पोखरामा रहेर शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील नेलम्बो नेपालले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्य गर्दै आएको छ । कोभिड–१९ महामारीको विषम परिस्थितिमा समेत संस्थाले गण्डकी प्रदेशका विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी सहयोग पुर्‍याएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update