काठमाडौं । के फोर सेक्युरिटी सर्भिस प्रा।लि।ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अनुभवी, अनुशासित तथा समर्पित अवकाशप्राप्त नेपाली सेनाका कर्मचारीहरूलाई प्राथमिकतामा राख्दै आवेदन आह्वान गरेको हो ।
कम्पनीका अनुसार अपरेसन्स म्यानेजर, ट्रेनिङ असिस्टेन्ट र पेट्रोल सुपरभाइजर पदमा कर्मचारी आवश्यक रहेको छ ।
अपरेसन्स म्यानेजरका लागि अवकाशप्राप्त मेजरदेखि सिनियर आर्मी अधिकारीसम्मका उम्मेदवार योग्य हुने र मासिक तलब ५५ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, ट्रेनिङ असिस्टेन्टका लागि अवकाशप्राप्त आर्मी जेसीओ तहका उम्मेदवार आवश्यक रहेको र मासिक ३५ हजार रुपैयाँ तलब प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, पेट्रोल सुपरभाइजर पदका लागि अवकाशप्राप्त नेपाली सेना वा जेसीओ तहको योग्यता तथा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव आवश्यक पर्नेछ । उक्त पदको मासिक तलब ३० हजार रुपैयाँ तोकिएको छ ।







