Khabar Out
संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक बिहान सवा १० बजे र प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । 

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निधेष तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।  

यसैबीच, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update