Khabar Out
सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो ।

सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update