Khabar Out
कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे ।

उनले राजदूत तेयोङको भावी कार्यकाल तथा आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update