Khabar Out
भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हाे । 

चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्र ‘आ बाट आमा’ र  ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए।

अमिर खानसग हिन्दी चलचित्र गजिनीमा खलपात्रको भूमिकामा अभिनय पश्चात रातारात चर्चा चुलिएको थियो । रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । 

रावतको निधनको खबर नेपाली तथा भारतीय कलाकारहरूले सामाजिक सञ्जालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।

रावतका श्रीमती र छोरा विक्रमादित्य रहेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update