Khabar Out
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

झापा । भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ । आज बिहान करिब ९ः०० बजे भएको उक्त घटनामा उनहाँको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

बुहारी सविता खड्काले करेन्ट लागेर लडिरहेको अवस्था देखेपछि बिहान करिब ११ः०० बजे प्रहरीचौकी महेशपुरमा खबर गरेका थिए । सूचनाप्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच यहाँकोे मेचीनगर नगरपालिका–१० नागरडुब्बा एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update