विश्वकपबाट दक्षिण अफ्रिका आउट, क्यानडा अन्तिम १६ मा प्रवेश
काठमाडौं । क्यानडासँग पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।
नकआउट चरणको खेलमा दक्षिण अफ्रिका क्यानडासँग १-0 ले पराजित भएको हो । क्यानडाका लागि स्टेफन स्टाक्विवले इन्जुरी टाइममा गोल गरेका थिए ।
विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश गरेको क्यानडा दक्षिण अफ्रिकासँग विजयी भएसँगै राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०८३ ०९:५५
प्रतिक्रिया दिनुहोस्







