Khabar Out
गोदावरी नदीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरी नदीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।

आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन् । उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो ।रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update