काभ्रे र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन
मंगलबार, माघ १, २०८१

देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
मंगलबार, माघ १, २०८१
नवलपरासी । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको...

कैलालीमा माघीको रौनक
मंगलबार, माघ १, २०८१
घोडाघोडी । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन्।

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह
सोमबार, पुस २९, २०८१
काठमाडौँ । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरुको आइतबार भएको बैठकले सो आग्रह गरेका हुन् ।