महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खुल्ने
मंगलबार, फागुन १३, २०८१
महाशिवरात्रि मेलाको तयारी पूरा
मंगलबार, फागुन १३, २०८१
पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
सोमबार, फागुन १२, २०८१
कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए ।
भोजपुरको कावाखोलामा पक्की पुल निर्माण सम्पन्न
आइतबार, फागुन ११, २०८१
जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
शनिबार, फागुन १०, २०८१
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू...
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
शुक्रबार, फागुन ९, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ ।
बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।
सुदूरपश्चिममा एक हजार मानवअधिकारका घटना उल्लङ्घन
बिहीबार, फागुन ८, २०८१
सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
बुधबार, फागुन ७, २०८१
म्याग्दी । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको...
पहिरोमा परेर साउनमा ज्यान गुमाएका परिवारलाई बल्ल राहत दिदै
मंगलबार, फागुन ६, २०८१
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।
ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
सोमबार, फागुन ५, २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् ।
खानेपानीको चरम समस्या, खोलाकै पानी पिउँन् बाध्य स्थानीय
आइतबार, फागुन ४, २०८१
उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
शनिबार, फागुन ३, २०८१
वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।


