Khabar Out
वनहरा नदीमा तटबन्ध नहुँदा बादी बस्ती जोखिममा
वनहरा नदीमा तटबन्ध नहुँदा बादी बस्ती जोखिममा कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ ।  गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना (बादी)ले बताए। 'नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन...
तनहुँको मानपुर डेढगाउँमा ३० वर्षपछि सडक कालोपत्रे
तनहुँको मानपुर डेढगाउँमा ३० वर्षपछि सडक कालोपत्रे गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ । घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ ।
शिक्षकहरूको आन्दोलनले माइतीघर–बानेश्वर सडकखण्ड अस्तव्यस्त
शिक्षकहरूको आन्दोलनले माइतीघर–बानेश्वर सडकखण्ड अस्तव्यस्त काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सुरू गरेको राजधानी केन्द्रित आन्दोलन शुक्रबार १७ दिन पूरा भएको छ । सधैँ व्यस्त रहने माइतीघर–बानेश्वर सडक क्षेत्रमा दिनदिनै हुने आन्दोलन र विरोध प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा चुनौती भने खडा गरिरहेको...
आज विश्व सम्पदा दिवस मनाइँदै
आज विश्व सम्पदा दिवस मनाइँदै काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन शुक्रबार आज विश्व सम्पदा दिवस मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । 
देशभरका २२ लाख  बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ ।  स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख...
इलामका सीमावर्ती गाउँमा विद्यालय नहुदा भारतमा बच्चा पढाउदै अभिभावक
इलामका सीमावर्ती गाउँमा विद्यालय नहुदा भारतमा बच्चा पढाउदै अभिभावक इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् । सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरुलाई आन्दोलनको...
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।
सङ्घलाई जिडिपी र प्रदेश तथा स्थानीय तहलाई राजस्व नबढ्ने गरी ऋण उठाउन सिफारिस
सङ्घलाई जिडिपी र प्रदेश तथा स्थानीय तहलाई राजस्व नबढ्ने गरी ऋण उठाउन सिफारिस राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष  तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत...
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ ।  सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान...
आजदेखि नव वर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लास साथ मनाइँदै
आजदेखि नव वर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लास साथ मनाइँदै काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।
नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू आज अपराह्न  कन्याम आइपुगेका हुन् । 
जात्रामय भक्तपुरको ९ दिने बिस्काको महिमा के छ ?
जात्रामय भक्तपुरको ९ दिने बिस्काको महिमा के छ ? भक्तपुर । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा...
Weather Update