तराईका जिल्लामा आज होली मनाइँदै
मंगलबार, फागुन १९, २०८२
दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
सोमबार, फागुन १८, २०८२
सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो ।
नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने...
एल निनोको सङ्केत, नयाँ तापक्रम जोखिम
सोमबार, फागुन १८, २०८२
विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ । अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्याउन...
फागुपूर्णिमा पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
सोमबार, फागुन १८, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको...
इरानको सर्वोच्च नेता खामेनीको हत्यापछि अन्तरिम नेतृत्वमा तीन नेता
आइतबार, फागुन १७, २०८२
इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौँ उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ ।
सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषद्को गठन गरेको छ । यो अन्तरिम परिषद्ले इरानी कानूनको निरीक्षण र चुनावी उम्मेदवारहरूको...
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो ।
दाङमा निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
आइतबार, फागुन १७, २०८२
प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । यसले सर्वसाधारणलाई आवतजावतमा सहजता हुने गरेको छ । चुनावी सरगर्मीले दाङका सहर तथा ग्रामीण क्षेत्रलाई राजनीतिक रूपमा तताएको छ । बजारमा चहलपहल बढेको छ, सवारी साधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको...
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
आइतबार, फागुन १७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।
यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा...
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
शनिबार, फागुन १६, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् । आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए ।
अरुण नदीको बेलीब्रिज भाँचियो
शनिबार, फागुन १६, २०८२
यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । आज बिहान ९ः०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए...
प्रतिनिधिसभा निर्वाचन: एक हजार ६१ वटा उजुरी फर्छ्यौट
शनिबार, फागुन १६, २०८२
जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्...
चीनद्वारा अफगान–पाकिस्तानमा युद्धविरामको आह्वान
शुक्रबार, फागुन १५, २०८२
चीनले अफगानिस्तान र पाकिस्तानबीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्धविरामको आह्वान गर्दै दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो थप रक्तपात रोक्न आवश्यक छ । पाकिस्तान चीनको नजिकको रणनीतिक साझेदार भए पनि बेइजिङ आफैँलाई अफगानिस्तानको ‘मित्रवत...
रोजगारको आशामा युवा, दलका घोषणापत्रमा सिमित रोजगार
शुक्रबार, फागुन १५, २०८२
जोरपाटीकी रमिला घिमिरेको हातमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र छ । त्यति मात्रै होइन, होटेल म्यानेजमेन्टमा एक वर्ष काम गरेको अनुभव पनि छ । तर, ती अनुभव र प्रमाणपत्रले उनको घरको चुल्हो बल्दैन । घरमा बुबाआमा पाल्नुपर्ने घिमिरेको जिम्मेवारी छ । त्यसका लागि उहाँलाई तत्काल रोजगार आवश्यक छ । घिमिरे जागिरकै...



