Khabar Out
मार्फा छैरो चिमाङ सडक स्तरोन्नति गरिने
मार्फा छैरो चिमाङ सडक स्तरोन्नति गरिने मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गत मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यस सडकका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठका अनुसार बेनी–जोमसोम सडकमार्गको मार्फाबाट कालीगण्डकी पारि रहेका छैरो–चिमाङ गाउँ जोड्ने यो सडकलाई...
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना
हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम...
कुटपिटबाट युवकको मृत्यु
कुटपिटबाट युवकको मृत्यु यहाँ स्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिट गरिएका  राजवंशी घाइते भएका थिए । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा
दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।
तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए
तिहार सुरु भएसँगै साढे ४४ हजार व्यक्ति काठमाडौँबाट बाहिरिए हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु...
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार...
नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् । कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए ।
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु
स्कुटर दुर्घटनामा दुईजनाको मृत्यु चितवनमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भरतपुर विमानस्थलनजिकै आज बिहान स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । बिहान भरतपुर–१० स्थित विमानस्थलनजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
नवलपुरमा जापानिज इन्सेफलाइटिसको संक्रमण : दुई महिनामा ४ जनाको मृत्यु
नवलपुरमा जापानिज इन्सेफलाइटिसको संक्रमण : दुई महिनामा ४ जनाको मृत्यु नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट ४ जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट ४ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन
८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो । लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको...
गोली प्रहार गरी पुजारीको हत्या
गोली प्रहार गरी पुजारीको हत्या सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आइतबार बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् ।
Weather Update