Khabar Out
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

चितवन । गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो ।

सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए। मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ ।

अघिल्लो आव २०८१/८२ मा १३ जना र आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो। निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update