Khabar Out
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि...
एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन
एकै दिन ५१ वटा फर्ममा विभागको अनुगमन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ । पछिल्ला दिनमा विभागले ठुलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा...
असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति
असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ। जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि क्षेत्रमा फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै रु...
चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष
चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा...
विद्युत् प्राधिकरणले सहिद परिवारका थप ८ जनालाई रोजगार दिने
विद्युत् प्राधिकरणले सहिद परिवारका थप ८ जनालाई रोजगार दिने नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो । जेनजी आन्दोलनका घाइते व्यक्तिलाई...
आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध झापामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत २४ गतेसम्म जिल्लाका आठ लाख ४२ हजार ३३० नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यो जिल्लाको कुल जनसङ्ख्याको ८४ दशमलव ३९ प्रतिशत हो । नेपाल सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको...
बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा
बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याउन चुनौती
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याउन चुनौती सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ...
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ । आज स्वास्थ्यमन्त्री किरण थापामगरले कानुनमा उल्लेख भएअनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीलाई निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको बताए ।
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा...
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा...
दुई वर्षसम्म सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम
दुई वर्षसम्म सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ । जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शङ्करपोखरीको सिसाठाँटी जोड्ने पुल निर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०/८१ असारमा सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिले २५ प्रतिशतमात्र प्रगति भएको पूर्वाधार विकास...
Weather Update