Khabar Out
१७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्ल्यानको शारदा नगरपालिका–२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट रु १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो । रासस

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update